चितवनमा जिल्लाव्यापी रुपमा रक्तदान अभियान सुरु

सोमबार, १५ बैशाख २०७७, १२ : ३८
चितवनमा जिल्लाव्यापी रुपमा रक्तदान अभियान सुरु

चितवन । चितवनमा जिल्लाव्यापी रुपमा विभिन्न स्थानमा दैनिक तालिका बनाएर रक्तदान गर्ने अभियान चितवनमा सुरु भएको छ । राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू जिल्ला कमिटी चितवनको आयोजनामा सो अभियान सुरु गरिएको हो । 

कोरोना भाइरस (कोभिड–१९)को कहर चलिरहँदा यहाँ रगत अभाव भएपछि यसको अभाव हुन नदिन यस्तो अयिभान थालेको नेकपा निकटका युवा संघ तथा अनेरास्ववियू चितवनले जनाएको छ ।

रक्तदान कार्यक्रममा रक्तदातालाई हौसला दिन नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, सचिव एवं प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य घनश्याम दाहाललगायतका नेता एवं जिल्लाका युवा र विद्यार्थी नेतृत्व समेत सहभागी हुँदै आएका छन् ।