६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

सोमबार, १५ बैशाख २०७७, १० : २१
६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

कोहलपुर । यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकामा ६ सय ५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

आरडिटीबाट ५ सय ३९ र पिसिआरबाट १ सय २४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले वताउनुभयो । यहाँका क्वारेन्टाइनमा १ सय ४० भारतीय छन् । (रासस)