यस्तो छ प्रहरीले दर्ता गर्न नमानेको सांसद अपहरणको जाहेरी

पत्रपत्रिकाबाट

सोमबार, १५ बैशाख २०७७, ०८ : १६
यस्तो छ प्रहरीले दर्ता गर्न नमानेको सांसद अपहरणको जाहेरी

काठमाडाैँ । नेपाली काजगमा औंठाछाप लगाएर पूर्वस्वास्थ्यराज्यमन्त्री डा सुरेन्द्र यादवले प्रहरीमा दिन खोजेको उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री कार्यालयबाट फोन गरेर डर र त्रास देखाएर मलाई अपहरण गरिएको हो, योजना बनाउनेहरुले अहिले पनि मलाई खोजिरहेका छन्, परिवार र आफन्त त्रासमा छन्, त्यसैले मेरो जिउज्यानको सुरक्षा गर्न योजनाकार र मतियारलाई पक्राउ गरियोस्, अपहरणको कसुरमा सजाय होस् ।’ तर सो अपहरणसम्बन्धी उजुरी काठमाडौं प्रहरीले दर्ता गर्न मानेन ।

आजको नयाँ पत्रिकाले सोही जाहेरी दर्ता नभएको विषयलाई प्रमुखताका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस