काठमाडौं । नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउन दिने सरकराको निर्णयले मुलुकमा हलचलै मच्चियो । सरकारले निजी क्षेत्रको पहलमा ल्याएको स्वास्थ्य सामग्री महंगो भएपछि सरकारले सेनालाई जिम्मा दिने निर्णय अस्वभाविक होईन ।
तर सेनाले यस्ता काम गर्ने की रक्षाको काम गर्ने भनेर प्रश्न उठेको थियो । राजनीतिक वृत्तमा पनि गर्मागर्मी बहस भयो । अन्तत जिम्मा पाएको सेनाले आफ्नो काम जारी राखेको छ । सामाग्री ल्याउने कामको आवश्यक प्रक्रिया जारी रोखको छ ।
सेनाले त्यो सामान ल्याउने प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत ल्याउँदै छ । त्यसरी ल्याउँदा हवाई मार्ग प्रयोग गर्दै छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सकेसम्म छिटो सामग्री ल्याउने तयारी गरिएको बताएका छन् ।
कोभिड–१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसीएमसी)ले आज छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा पत्रकार समेलन नै आयोजना गर्यो । उनका अनुसार सामान ल्याउन ११ वटा संस्थाले इच्छा देखाएका छन् । यसका लागि रु एक करोड ८४ लाख ४१ हजार भुक्तानी गरिसकिएको छ । सेनाले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री ल्याउने छ । जसमा कूल ६७ प्रकारका स्वास्थ्य सामग्री आउने छ । चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको पाण्डेले बताए । अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको नेपाली सेनाले जनाएको छ ।
कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने तयारी गरेको छ ।
व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीट लगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । एक चरणमा भने चिनिया सरकराको सहयोगमा विभिन्न सामग्री भने नेपालमा आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०७७, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय