सांसद सुरेन्द्र यादव अपहरणको उजुरी लिन प्रहरीद्वारा अस्वीकार

आइतबार, १४ बैशाख २०७७, १७ : ०८
सांसद सुरेन्द्र यादव अपहरणको उजुरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठविरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ । 

आइतबार दिउँसो नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु उजुरी दिन परिसर पुगेपनि उजुरी लिन आनाकानी भएको हो । कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् । 

त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने अडान लिएका थिए । 

उनले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए । उनले महोत्तरी घटना भएकाले त्यही गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् । 

तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस