विराटनगर । शुक्रबार साँझसम्ममा प्रदेश १ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ।
उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए। ‘प्रदेश १ सरकार पहिलेदेखि नै तयारीमा थियो, अस्पताल तयार भएकाले उपचारमा सहज भएको छ,’ उनले भने, ‘यो अस्पतालको क्षमता ५० बेडको भए पनि ७५ जनासम्मलाई राखेर सहज रूपमा निगरानी र उपचार गर्न सकिन्छ।अस्पतालको क्षमताभन्दा आधा बढी संक्रमित अस्पतालमा भर्ना भइसकेका छन्।
एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएपछि रातारात उदयपुरबाट एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदा चिकित्सक आतिएपनि अहिले अवस्था सुधार भएको छ। संक्रमितको उपचार र रेखदेखमा खटिएको साता भएकाले अहिले उच्च मनोबलसाथ चिकित्सक र अन्य कर्मचारी खटिएका कोसी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट संगीता मि श्रले बताइन्। ‘सुरुमा रातारात संक्रमित ल्याउँदा चिकित्सक आफूलाई तयारी अवस्थामा राख्न शारीरिक र मानसिक रूपमा केही तयारी नभए पनि हामीले विस्तारै सबै कुरा सहज बनाएका छौँ,’ उनले भनिन् ‘अहिले सबै चिकित्सकको ‘टिमवर्क’ राम्रो छ।’
संक्रमितको रेखदेख र उपचारमा अस्पतालमा २६ जनाको चिकित्सक टोली खटिएको छ। त्यसमा पाँच जना विशेषज्ञ डाक्टर छन्। फिजिसियन दीपक सिग्देलको नेतृत्वमा नर्सिङ स्टाफ, पारामेडिक्स र प्राविधिक टोली खटिएको मि श्रले जानकारी दिइन्। डा. सिग्देलको टोलीमा डा. भूपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण र डा. प्रमोद साह छन्।
‘नेपालका अन्य अस्पतामा भर्ना भएका कोरोना संक्रमित निको भएर घर फर्किएको र उनीहरूको अवस्था सामान्य देखिएको सुन्दा र देख्दा यहाँ खटिने चिकित्सक र संक्रमितको मनोबल उच्च छ’, मि श्रले भन्छिन्, ‘कोही आतिएका छैनन्।’ चिकित्सकको समय निर्धारण गरिएकाले कसैलाई कामको बोझ नभएको उनको भनाइ छ। कोरोना विशेष अस्पतलामा चार जना ‘अनडिउटी’ (६ घण्टा) मा हुन्छन् भने एक जना ‘डाक्टर अन कल’मा बस्छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ बैशाख २०७७, ०७ : ३८
लेखकबाट थप