९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

लकडाउनले समस्यामा परेका ईंटा भट्टामा कार्यरत ३ सय मजदुरलाई राहत

शनिबार, १३ बैशाख २०७७, ०९ : २६
लकडाउनले समस्यामा परेका ईंटा भट्टामा कार्यरत ३ सय मजदुरलाई राहत

काठमाडौं । आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कहरका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगरिए पनि राष्ट्रिय फोटो पत्रकार समूहले देशको वर्तमान अवस्थाले समस्यामा परेका ३ सय मजदुरलाई राहत उपलब्ध गराएको छ । 

महासंघले पत्रकारिता दिवशको अवसर पारेर एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘विगतका वर्षहरुमा  यस दिवसको दिन भव्य कार्यक्रमकाबीच  राष्ट्रिय फोटो पत्रकारिता अवार्ड प्रदान, प्रभात फेरी, फोटो पत्रकारिताका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्दै आएका थियौँ । तर यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सार्वजनिक कार्यक्रम गर्न असमर्थ भएका छौं।

अहिलेको आवश्यकता भनेकै सामाजिक दुरी कायम गरी यो महामारीलाई परास्त गर्नु नै हो भन्ने कुरालाई महसुस गरी सार्वजनिक कार्यक्रमहरु आयोजना नगरिएको  स्पष्ट पार्न चाहन्छौँ ।’ महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा महामारी फैलिएको असहज परिस्थितिमा सरकारले चालेका कदमहरुलाई हामी सवैले सहयोग गर्नुको विकल्प नरहेको र हामी आफै पनि संक्रमणबाट जोगिनु पर्छ र अरुलाई पनि जोगाएर देशलाई  क्षति हुनबाट जोगाउनु हामी सबैको साझा दायित्व भएको उल्लेख छ ।

लकडाउनका कारण देशमा ज्याला मजदुरी गरी खानेहरुलाई समस्या परेको कुरा सबैमा अवगत रहेको उल्लेख गर्दै विज्ञप्तीमा यस्तो विषम परिस्थितिमा यस दिवसको अवसर पारेर ललितपुरस्थित इँटा भट्टामा काम गर्ने  झण्डै ३ सय बढी मजदुरलाई राहत वितरण गर्न पाउँदा फोटो पत्रकारहरु गर्वले हर्षित छौ । नेपालका फोटो पत्रकारहरुलाई संगठित गरी एकतावद्ध गराउने उद्देश्यले २३ वर्ष अघि स्थापित यस संस्था नेपालको पहिलो फोटो पत्रकारहरुको संस्था हो ।
 

प्रतिक्रिया दिनुहोस