११ जिल्ला कोरोनाबाट प्रभावित

पत्रपत्रिकाबाट

शनिबार, १३ बैशाख २०७७, ०८ : २५
११ जिल्ला कोरोनाबाट प्रभावित

काठमाडौं । नेपालमा तीन महिनाको अवधिमा ११ जिल्ला कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।  राजधानी दैनिकमा खबर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सबै संक्रमित निको भएर काठमाडौं जिल्ला कोरोनामुक्त भएकामा खुसी व्यक्त गरेका छन् । यद्यपि, काठमाडौं जोखिममुक्त भने नरहेको चिकित्सकको भनाइ छ ।

कुल संक्रमित ४९ जनामध्ये केही भारतीय नागरिक छन् भने केही विदेशबाट फर्किएका नेपाली छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनामा स्थानीय संक्रमण देखिएको छ ।

– कैलाली, कञ्चनपुर, डोटी, अछाम, बागलुङ र जुम्ला उच्च जोखिममा

–१२,९८५ जना क्वारेन्टाइनमा

– संक्रमित अधिकांश भारतबाट आएका

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म काठमाडांै, धादिङ, चितवन, कैलाली, कञ्चनपुर, बागलुङ, पर्सा, रौतहट, उदयपुर, भोजपुर र सर्लाही जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस