चितवन । कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जनामध्ये एकजना २७ वर्षीय पुरुषको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको पौडेलले जानकारी दिए ।
‘यो भनेको ती व्यक्ति निको भए भन्ने हो । प्रोटोकलअनुसार अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्न मिल्छ,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले भने । ती व्यक्तिसँगै उनको आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार सुरु भएपछि बिहीबार पहिलो पटक आमाछोरा दुवैको स्वाब परीक्षण गरिएको थियो । आमाको नतिजा भने पाेिजटिभ देखिएको छ । आमाको आइतबार फेरि परीक्षण हुने छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ बैशाख २०७७, ०८ : ०२
लेखकबाट थप