बर्दिबासको गौतम होटेलमा मंगलबार राति नै बास बसेको थियो पूर्वआइजिपीको समूह

शुक्रबार, १२ बैशाख २०७७, १५ : १६
बर्दिबासको गौतम होटेलमा मंगलबार राति नै बास बसेको थियो पूर्वआइजिपीको समूह

काठमाडौं । बर्दिबासको गौतम होटेलका सञ्चालक हिरा गौतमले पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै आफ्नो होटेलमा आएको बताएका छन् । पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई उक्त टोलीले अपहरण गरेको हल्ला आएपछि उक्त होटलको पनि चर्चा हुन थालेको छ ।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सूचना गरेर ६ वटा कोठा उपलब्ध गराइदिन भनेपछि आफूले तयार गरिदिएको होटेलका सञ्चालक गौतमले बताए ।  

‘एसपी श्यामकृष्ण अधिकारीले पूर्वआइजिपी सर्वेन्द्र खनाल महोत्तरी आउँदै हुनुहुन्छ, उहाँलाई बस्न ६ वटा कोठा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । सुरक्षाप्रमुखले आग्रह गरेपछि हुँदैन भन्ने कुरा भएन,’ सञ्चालक गौतमले भने, ‘मंगलबार मध्यराति दुईवटा गाडीमा आएको, राति खाना खाएर सुतेको र बिहान ७ बजेतिर हल्का नास्ता लिएर निस्किनुभएको हो ।’ 

उनीहरू साँझ ६ बजेतिर पुनः होटेल फर्किएर दुई घन्टाजति बसेको उनले बताए । तर, त्यतिबेला कोकसको भेटघाट भयो आफूलाई सबै जानकारी नभएको बताए । ‘बुधबार साँझ आउँदा भने तीनवटा गाडीमा हुनुहुन्थ्यो,’ गौतमले भने, ‘राति ८ बजे उहाँहरू चेकआउट गरेर सिन्धुलीको बाटो हुँदै काठमाडौं लाग्नुभएको हो ।’ 

प्रतिक्रिया दिनुहोस