एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा संक्रमितको संख्या २३ हजार ७७ पुगेको छ । भारतिय अहिलेसम्म ७ सय १८ जनाको मृत्यु भएको छ ।
चार हजार ७ सय ४९ जना उपचारपछि निको भएका छन् । भारतमा संक्रमितको सबैभन्दा धेरै संख्या महाराष्ट्रमा छ । त्यहाँ ६ हजार ४ सय ३० जनामा संक्रमण फैलिएकोमा २ सय ८३ जनाको मृत्यु भइसकेको छ । यस्तै गुजरातमा ११२ जना तथा दिल्लीमा ५० जनाको मृत्यु भएको छ भने मध्य प्रदेशमा ८३ जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण फैलन नदिन भारत भरि उच्च सतर्कता अपनाईएको छ । देशभरि नै लकडाउन गरिएको छ । तर यसको संक्रमण दिन प्रति दिन फैलिदैं गएको छ । भारतका केही प्रान्तहरुमा लकडाउन उल्लघंन गर्ने क्रम बढेपछि प्रहरीले कारवाही प्रक्रिया तिब्र भनाएको छ । भारतमा पछिल्लो पटक १९ दिनको लकडाउन थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु