एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा संक्रमितको संख्या २३ हजार ७७ पुगेको छ । भारतिय अहिलेसम्म ७ सय १८ जनाको मृत्यु भएको छ ।
चार हजार ७ सय ४९ जना उपचारपछि निको भएका छन् । भारतमा संक्रमितको सबैभन्दा धेरै संख्या महाराष्ट्रमा छ । त्यहाँ ६ हजार ४ सय ३० जनामा संक्रमण फैलिएकोमा २ सय ८३ जनाको मृत्यु भइसकेको छ । यस्तै गुजरातमा ११२ जना तथा दिल्लीमा ५० जनाको मृत्यु भएको छ भने मध्य प्रदेशमा ८३ जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण फैलन नदिन भारत भरि उच्च सतर्कता अपनाईएको छ । देशभरि नै लकडाउन गरिएको छ । तर यसको संक्रमण दिन प्रति दिन फैलिदैं गएको छ । भारतका केही प्रान्तहरुमा लकडाउन उल्लघंन गर्ने क्रम बढेपछि प्रहरीले कारवाही प्रक्रिया तिब्र भनाएको छ । भारतमा पछिल्लो पटक १९ दिनको लकडाउन थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित