लकडाउन प्रभाव : काठमाडौंमा हरियो तरकारीको मुल्य तिन गुणाले घट्यो

शुक्रबार, १२ बैशाख २०७७, ०८ : २६
लकडाउन प्रभाव : काठमाडौंमा हरियो तरकारीको मुल्य तिन गुणाले घट्यो

काठमाडौं । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणाले घटेको हो ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार लकडाउन हुनुअघि हरियो तरकारीको मूल्य अहिले धेरै नै घटेको छ । दैनिक उपभोग्य तरकारी गोलभेडा, आलु, सिमी बोडी, काउलीलगायतको मूल्य घटेको समिमितले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस