मजदुर र विद्यार्थीसँग भाडा नलिन कडा निर्देशन

शुक्रबार, १२ बैशाख २०७७, ०७ : ५९
मजदुर र विद्यार्थीसँग भाडा नलिन कडा निर्देशन

नयाँ दिल्ली । भारतको दिल्ली सरकारले मजदुर र विद्यार्थीसँग एक महिनाको भाडा नलिन घरधनीहरुलाई कडा निर्देशन जारी गरेको छ । 

कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि करिब १ महिनादेखि लकडाउन जारी रहेकाले मजदुर र विद्यार्थी समस्यामा परेको भन्दै दिल्ली सरकारले यस्तो निर्देशन जारी गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घरधनीलाई भाडा नलिन आग्रह गरिएको बताए । कान्तिपुरमा खबर छ ।