काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाउनु भएको छ । उहाँले एक पत्र पठाउदै बुधबार धन्यवाद ज्ञापन गर्नु भएको उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।
आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उहाँले धन्यवाद सन्देश पठाउनु भएको हो । उहाँका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ आँै जन्मोत्सव हो । धन्यवाद सन्देशमा दुई देशबीचको सम्वन्ध थप बलियो र राम्रो हँुदै जाने विश्वास पनि व्यक्त गरिएको छ ।
उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गर्नुभएको छ । सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त विरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उहाँले धन्यवाद सन्देश पठाउनु भएको खवर आएको हो ।
उहाँ विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर विरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ बैशाख २०७७, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा