जनकपुरबाट पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०७७, १९ : ५९
जनकपुरबाट पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण

काठमाडौं । समाजवादी पार्टीका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण भएको छ । समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले चौधरीको अपहरण भएको दावी गरे । 

‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको ।’ विश्वदीप पाण्डेले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस