जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका-२ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।
उनीहरुले आफूहरुलाई पिउने पानीको व्यवस्था नगरेको भन्ने बिषयलाई लिएर वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गरेको तथा सोही वडाका वडाध्यक्षलाई समेत कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ