एजेन्सी । कोरोनाको सन्त्रासले विश्वलाई नै सताईरहेको बेला सबैभन्दा बढी प्रभावित अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक भएको छ । तेल उत्पादकहरुले आफ्नो उत्पादनक बिक्री गर्नका लागि क्रेतालाई उल्टै पैसा दिएका छन् ।
भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले आफै पैसा तिरेर तेल बिक्री गर्न बाध्य भएका हुन् । कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि विश्वभर लागु भएको लकडाउनका कारण मानिसहरु घर भित्रै सीमित भएका छन् । यसले गर्दा तेलको माग लगभग शून्य प्रायः भएको छ ।
यसले गर्दा तेल उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक घेरामा गएको हो ।
अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा