कपिलवस्तु । मायाँदेबी गाउँपालिका-७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा मायाँदेबी गाउँपालिका-७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ