तातोपानी नाकाबाट आयात वृद्धि

सोमबार, ०८ बैशाख २०७७, १२ : ०९
तातोपानी नाकाबाट आयात वृद्धि

– देवराज सुवेदी 
मेलम्ची । स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयातमा वृद्धि भएको छ ।

गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताउनुभयो । अहिले नाकाबाट निर्वादरुपमा सामन आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
  
अलपत्र परेकालाई सम्पर्क गर्न आग्रह 
सिन्धुपाल्चोकका विभिन्न पाँच स्थानीय तहले काठमाडौँ वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन् । खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरेका हुन् ।

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले अन्य ठाउँमा समस्यामा परेकालाई नगरपालिकाले सुरक्षित रुपमा ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षणपछि घरसम्म पु¥याउने भएकाले अलपत्र परेका पालिकावसीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

उल्लङघन गर्नेलाई कारबाही  
सिन्धुपाल्चोकमा लकडाउनको उल्लङ्घन गर्नेलाई प्रहरीले करबाही तीव्र बनाएको छ । हिजो चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा लिई डेढ घण्टा टुँडिखेलमा उभ्याइएको र सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  

पाँचपोखरी थाङपालमा परीक्षण तीव्र
पाँचपोखरी थाङपाल गाउँपालिकामा गत चैत महिनादेखि विदेशबाट फर्किएका २५ जनाको द्रुत गतीमा कोरोना परीक्षण गरिएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिनुभयो । बरुवा र भोताङको भोताङमा १० तथा थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप र भोटेनाम्लाङको गुन्सामा १५ गरी २५ जनाको परीक्षण गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

इन्द्रावती माा ३३ को आरडिटी 
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि विदेशबाट आएका ३३ जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
 
इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गत चैत १ गतेपछि इन्द्रावती गाउँपालिकामा बिदेशबाट आएका २४ पुरुष र ९ महिलाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।  

मजदुरलाई राहत
बलेफी गाउँपालिकाले–८ ले असङ्गठित क्षेत्रका ४१ मजदुरलाई राहत वितरण गरेको छ । जनही १५ किलो चामल १ किलो दाल २ लिटर तेल १ प्याकेट नुन वितरण गरिएको वडाअध्यक्ष चरिवहादुर तामाङले बताउनुभयो ।  (रासस)