चितवन । भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई आज एक सय थान एन ९५ माक्स प्रदान गर्नु भएको छ ।
उहाँले अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको रोहोबरमा मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई माक्स हस्तान्तरण गर्नु भएको हो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस भन्ने उद्देश्यले आफूले सहयोग गरेको राजभण्डारीले बताउनुभयो ।
माक्स ग्रहण गर्दै अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. तिवारीले सबैको सहयोग र शुभेच्छाले स्वास्थ्यकर्मीहरुमा मनोवल बढ्दै गएको बताउनु भयो । यस्ता सहयोगले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि ठूलो सहयोग पुग्ने उहाँको भनाई थियो ।
यस अघि राजभण्डारी अध्यक्ष हुँदा अस्पताल विकासमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने
प्रदेश नं १ मा ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
सिरहामा लागुऔषध गाँजासहित तीन पक्राउ
लागुऔषधसहित पाँच पक्राउ
कोभिडविरुद्धको खोप पुग्यो