काठमाडौं । सरकारले घोषणा गरेको चालु वर्षको भर्ना अभियान अनिश्चित भएको छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको भर्र्ना अभियान अनिश्चित भएको हो ।
सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको थियो । तर यस वर्ष लकडाउनका कारण भर्ना अभियान प्रभावित बनेको छ । वैशाख १५ लगत्तै लकडाउन खुलेमा विद्यालयबाहिर रहेका बालबालिका लक्षित आन्तरिकरूपमा भए पनि भर्ना अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।
शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले वैशाख १५ पछि भर्ना अभियान सञ्चालन गर्न सकिने बताउँदै आउनुभएको थियो । लकडाउनको समय बढाएको कारण कहिलेदेखि भर्ना अभियान सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उहाँको भनाइ रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेपछि सामाजिक दूरी कायम राख्नुपर्ने भएको कारण कहिलेदेखि विद्यालय सञ्चालन हुन्छ भन्ने विषय अन्योल रहेको बताउनुभएको छ । उहाँले विद्यालय खुल्ने समयको बारेमा तत्काल भन्न नसकिने बताउनुभयो ।
उहाँले विद्यार्थीहरू विद्यालयमा पुग्न नसके पनि अनलाइनबाट कक्षा सञ्चालन गर्नुको विकल्प नभएको बताउँदै आउनुभएको छ । उहाँले त्यसको तयारीमा लाग्न सम्बन्धित क्षेत्रलाई निर्देशन दिनुभएको छ । अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे अध्ययन गर्न मन्त्रालयले करिब दुई साताअघि नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सो समितिले अनलाइनबाट कक्षा सञ्चालन गर्ने विषयमा प्रारम्भिक मस्यौदा बुझाइसकेको छ । मन्त्रालयले सो मस्यौदा अध्ययन गरी कार्ययोजना बनाउने तयारी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ बैशाख २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन