सुलभलाई आइतबार जिल्ला प्रशासन कार्यलयमा पेश गर्ने तयारी, सामान्य धरौटीमा छुटाउन ब्यवसायीको दौडधुप जारी

थर्मल गनको कालोवजारीमा पक्राउ परेका सुलभ अग्रवाललाई सामान्य धरौटीमा छुटाउन शनिबार दिनभर उधोगी / ब्यवसायीको दौडधुप जारी

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०७७, २० : १०
सुलभलाई आइतबार जिल्ला प्रशासन कार्यलयमा पेश गर्ने तयारी, सामान्य धरौटीमा छुटाउन ब्यवसायीको दौडधुप जारी

काठमाडौं । कालोबजारीमा रंङगेहात पक्राउ परेका शंकर गुप्रका उपाध्यक्ष सुलभ अग्रवाललाई प्रहरीले भोली काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने तयारी गरेको छ । गत चैत २५ गते पक्राउ परेका उनलाई प्रहरीले यो वीचमा दुईपटक (एकपटक सात दिन र अर्काे पटक ५ दिन) म्याद थप गरेर दरबारमार्गस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

 उनको म्याद आइतबार सकिने भएपछि प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राख्न समय माग गर्ने या मुद्दाको प्रक्रियामा लैजाने भन्नेमा फाइल अगाडी बढाउने छ ।  अनुसन्धानमा संग्लन्न प्रहरी अधिकारीहरु अझै म्याद थप गरेर उनलाई हिरासतमै राखेर थप अनुसन्धान गर्न चाहिरहेका छन् ।  अनुसन्धानका क्रममा उनको धन्दाका अनेक पाटो खुलेपनि चीनबाट  सस्तोमा ल्याएको ठूलो परिणामको थर्मल गन काहा राखिएको छ भन्नेमा उनले अझै प्रहरीलाई कुनै सुराक छोडेका छैनन ।

उनले नेपाल वायुसेवा निगमको चार्टर गरेर ल्याएको जाहाजबाटै २० हजार थर्मल गन सहित पिपिई, एन ९५ माक्स लगायतका स्वास्थ्य सामाग्री भन्सार समेत छलेर भित्राएका थिए । कहिल्यै मेडिकल सामाग्रीको कारोवार नगरेका शुलभ महामारीको मौका छोप्दै कालोबजारीमा लागेका थिए । त्यही क्रममा उनी पक्राउ परेका थिए ।

प्रहरीले अनुसनधानका लागि तेश्रो पटक म्याद थपका लागि भोलि जिल्ला प्रशासन कार्यलय लैजाने तयारी गरेपछि आइतबार नै उनलाई जिप्रकामार्फत रिहा गराउन शनिबार दिनभर पशुपति मुराराका, शेखर गोल्छा, शत्तिस मोर सम्मका उधोगी ब्यापारीहरु सेटिङमै लागेका छन् ।

उनीहरुको शनिबार दिनभर उच्चपदस्थ राजनीतिज्ञ देखि पहुचवालाहरुसम्म निक्कै दौडधुप गरेको स्रोतको भनाई छ ।  शलभले अन्जानमा कमजोरी गरेको, अर्बपति ब्यापारी मान्छे यस्तो काममा गल्तीले लागेको र एकपटकलाई कमजोरी स्वीकार गर्दै   छोडिदिन ति ब्यापारीहरुले लविङ गरिरहेका छन् । प्रहरीलाई समेत अहिले इमोस्नल ब्यालकमेलिङ गर्ने काम भईरहेको छ ।

विवादास्पद कम्पनी ओम्नीका लगानीकर्ता थिए ‘शुलभ अग्रवाल’

- सुलभ अग्रवाललाई जोगाउन शक्ति केन्द्र धाउँदै उद्योग परिसंघका अध्यक्ष सतिस मोर र उपाध्यक्ष राजेशकुमार अग्रवाल

कालोबजारी ऐन अन्तर्गत ५ वर्षसम्म कैद गर्ने गरी मुद्दा लगाउने तयारी गरेका सुलभलाई हिरासतमा राख्न अनुमति माग्ने क्रममै न्यून रकम धरौटीमा रिहा गराउनका लागि अहिले उधोग परिसंघका अध्यक्ष शत्तिस मोर, उपाध्यक्षहरु विष्णु अग्रवाल, अनुज अग्रवाल, राजेश कुमार अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका लगायत उधोगी ब्यवसायीहरु दौडधुप गरिरहेका छन् ।

सुलभको मुद्दालाई कमजोर बनाउने र जसरी पनि प्रहरी कब्जावाट मुक्त गराउने योजनामा ति ब्यापारीहरु लागिपरेका हुन् । सुलभले प्रहरीलाई दिने बयान देखि उनलाई छुटाउन सेटिङ धन्दामा लागिरेहका उधोगी ब्यापारीसम्मले अहिले एउटै कुरा गरिरहेका छन्, – अर्बपति मान्छे सानोतिनो ठगीमा लाग्ने मान्छे होइन, के भएर सानोतिनो तस्करीमा जोडिए । आठ दश लाखमा लोभिने मान्छे होइन, नपुग्दो केही थिएन । एकपटकलाई सामान्य धरौटीमा रिहा गरेर छुटाई सहयोग गरिदिनुपर्‍यो ।’

शंकर ग्रुप अन्तर्गतको जगदम्बाका नाममा दर्जनौं उद्योग धन्दा चलाएको शंक अग्रवालका जेठा छोरा हुन् सुलभ । उनका दुई छोरा सुलभ र साहिल बेला मौकामा जेमा लगानी गर्दा फाइदा हुन्छ, त्यसैमा लगानी गर्ने ब्यापारी हुन् । उनीहरुले अहिले पनि त्यस्तै गरेका हुन् । कहिल्यै मेडिकल सामाग्रीको कारोवारमा सुलभ जोडिनु त्यसैको एउटा गतिलो प्रमाण हो ।

प्रधानमन्त्री केपी ओलीले कोरोनाबाट थिलो – थिलो पर्ने नेपालको अर्थतन्त्रलाई बलियो बनाउन लगानी, लगानी र फेरि पनि लगानीको वातावरण निर्माण गर्नुपर्ने भनी दिएको अभिब्यक्तिलाई समेत जोडेर ब्यवसायीहरुले अर्बपति ब्यापारीलाई जेल राखेर कसरी लगानीमैत्री वातावरण बन्न सक्छ भन्दै एकपटकका लागि अन्जानमा भएको गल्तीलाई माफी दिनुपर्ने गोल्छा देखि मोर सम्मका ब्यपारी लागेका छन् ।

तर एक उच्च प्रहरी अधिकारीका अनुसार, सुलभ प्रकरण सरकार कालोबजारीसँग  झुक्ने नझुक्ने परिक्षाकै विषय भएको बताउँछन् । ‘शंकरका बाबुछोराले विगतदेखि नै कर छली, गाडी तस्करी, कवाडी तस्करी, बिद्युत महसुल भुक्तानी नगर्ने लगायतका काम गर्दै आएका छन् । त्यसका प्रमाण पनि प्रहरी अनुसनधानका क्रममा खुलेका छन्, तर उनलाइृ छुटाउन अहिले निक्कै ठूलो राजनीतिक र ब्यापारिक प्रेसर बढेको छ,’ प्रहरीका ति उच्च अधिकारीले सफल खबरसँग भने,–‘हेरौं भोलि (आईतवार) जिप्रका म्याद थप गर्न लग्दा उनी छुटछन् या थप प्रहरी हिरासतमा रहन्छन्, यो पनि सरकारका लागि एउटा कालोबजारीसँग झुक्ने / नझुक्ने भन्ने अग्नि परिक्षा नै हो ।’

सुलभको जगदम्बा स्टीलमा कार्यरत सीईओ रोसित उनितथान तथा जीएम कमजीत वर्मा केही वर्ष अगाडी मात्रै गाडी तस्करी गर्दागदै पक्राउ परेका थिए । उनीहरुलाई पर्सा प्रहरीले केही बर्षअघि सरकारी कागजपत्र किर्ते तथा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । वीरगंज भन्सार कार्यालयबाट चोरीको गाडीको कागजपत्रहरु किर्ते गरी अर्कै गाडीको नाउँमा नक्कली कागज पत्र बनाएको र सो गाडी प्रमोद साहलाई बेचेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

उनितथान र वर्मा सुलभकै निर्देशनका आधारमा त्यस्तो धन्दामा लागेको प्रहरीको भनाई छ ।उनितथानले २००५ मोडेलको स्कारपिओ गाडीको वीरगंज भन्सार कार्यालयको पत्र २०६८ र ०६९ को चं.नं. ५२९ मा केरमेट गरी महिन्द्राको २००५ मोडेलको गाडीलाई किर्ते कागजपत्रको आधारमा २०१० मोडल बनाई यातायात कार्यालय वीरगंजबाट कागजात बनाएका थिए । त्यसबेला  पनि राजनीतिक पहुचका आधारमा मुद्दालाई कमजोर बनाई पक्राउ परेकालाई छुटाउने काम भएको थियो । त्यसमा सुलभ आफै निक्कै दौडधुपमा लागेका थिए ।

त्यसो त जगदम्बाका स्टीलहरु कवाडीका सामान मात्र प्रयोग गरेर डण्डी बनाउने गरिएको गुणस्तर विभागले नै सूचिकृत गरेको थियो । उनको कम्पनीमाथी अहिले पनि मूल्य अभिबृद्धि कर (भ्याट)को नक्कली विल प्रयोग गरी २५ करोड १७ लाख ८७ हजार रुपैयाँ कर छलेको, फिडरलाइनमा अनियमितता, गुणस्तरहीन वस्तु उत्पादन गदै सर्वसाधारणमाथीको ठगी देखि विद्युत प्राधिकरणमा राजनीतिक पहुँच र दवावका आधारमा २ अर्व ६५ करोड रुपैया वक्यौता नतिरेको सम्मका कर्तुत सार्वजनिक छन् ।

यस्ता काममा शंकर गुप्रले बार्षिक करोडौं रुपैंया कमिशन राजनीतिक दलका नेताहरु देखि कर्मचारीसम्मलाई घुस खुवाएर अर्ब रुपैंया कर छली गर्नु जगदम्बाको काम हो । जगदम्बाले वस्तु तथा सेवा खरिद गर्दा देखाएको विल जारी गर्ने फर्मको कारोबार स्थल, सम्पर्क व्यक्ति, सम्पर्क टेलिफोन वा अन्य साधन नखुलाई भुक्तानी गर्दा जारी गरिएका चेक जगदम्बाले आफ्नै कर्मचारीको नामबाट काटेर कर छली गर्ने गरेको पनि खुलेको छ ।

यसअघि आन्तरिक राजश्व विभागसँग वयान दिंदा २८ फर्मसँगको खरिदमध्ये २५ सँगको खरिद वास्तविक नभएको र ती फर्मसँग वस्तु तथा सेवा नलिई विल मात्रै लिएको जगदम्बाका शंकरले स्वीकार गरेको रेकर्ड देखिन्छ । यसबाट नै थाहा हुन्छ, जगदम्बाले कसरी कर छली गर्ने गरेको छ । उदाहरणको लागि जगदम्बाले स्वेता आयललाई चेकबाट भुक्तानी दिने गरेको छ, तर स्वेता आयललाई दिइएको चेक जगदम्बाका आफ्नै कर्मचारीले बुझ्ने गरेका छन् ।

जगदम्बाले यस्ता धेरै ठगी गर्ने गरेको छ । अर्बौ रुपैंयाको कारोबार गर्ने भनिए पनि सबै क्षेत्रमा तस्करी र ठगी गर्ने गरेको शंकर गु्रपले दर्जनौं क्षेत्रमा हात हालेको छ । जसकाकारण पनि रंगेहात पक्राउ परेका सुलभलाई  कालोबजारी ऐनमा कडा कारवाहीमा लैजानुपर्ने प्रहरीका ति उच्च अधिकारी बताउँछन् ।

युनियन लाइभ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका शुलभ कालोवजारी धन्दामा लागेपछि इन्स्योरेन्सको ब्यापार अहिले ओरालो लागेको छ । यो इन्स्योरेन्समा गोल्छा ग्रुप , न्यौपाने ग्रुप , राजेश हार्डवेयर र टिवडेवाल ग्रुप  समेतको लगानी छ । आफुहरुको समेत लगानी रहेको इस्योरेन्स डुब्ने स्थिती कतै देखा त पदैन भनेर पनि ति ब्यापारीहरु अहिले उनलाइृ छुटाउन दौडधुपमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस