हिलिहाङ ७ डाडा गाऊका युवाद्वारा माक्स वितरण

शनिबार, ०६ बैशाख २०७७, १९ : १२
हिलिहाङ ७ डाडा गाऊका युवाद्वारा माक्स वितरण

पाँचथर । हिलिहाङ ७ डाडा गाऊ पाँचथरका युवाहरुले गाऊका स्थानीयलाई माक्स वितरण गरेका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सो गाऊका तामाङ युवाहरुले बजारबाट किनेर ल्याएर माक्स वितरण गरेका हुन् । 

१४ घरका ५० जना स्थानीयलाइ शनिबार माक्स वितरण गरिएको स्थानीय एवम् पत्रकार उर्गेन तामाङले जानकारी दिए । स्थानीयले स्वस्फूर्त रुपमा पैसा संकलन गरेर बजारबाट माक्स खरिद गरेका हुन । 

केहीले माक्स लगाएपनि गाउका अधिकांश व्यक्तिसँग माक्स नहुँदा संक्रमणको जोखिम बढेपछि कोरोना विरुद्धको अभियानमा जुटेका हुन् । 

गाऊका बालबालिकादेखि वृद्धवृद्दासम्म सबैजनाले अनिवार्य माक्स लगाउन अग्रह गरिएको तामाङले बताए । 

माक्स वितरणसँगै युवाहरुले सचेतनामुलक घरदैलो अभियान पनि सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस