बझाङ । बझाङको सुर्मा गाँउपालिकामा मनलाग्दो गरी राहत बितरण गरिएको स्थानियबासीले आरोप लगाएका छन् । सरकारले बनाएको मापदण्ड बिपरित सुर्मा गाउँपालिका वडा नं. २ का जनप्रतिनिधीहरुले मनपरी ढङ्गले राहत बितरण गरेको आरोप लागेको हो ।
स्थानियहरुका अनुसार वडा नं. २ ले सरकार बनाएकोे मापदण्ड नै मिचेर आफ्ना नेता कार्यकर्ता आसेपासेहरुलाई मात्र राहत बितरण गरेको स्थानीय रामचन्द्र बोहराले बताए । बोहराका अनुसार सरकारले गरिवीको रेखामुनी रहेका आर्थिक रुपले बिपन्न तथा दिनभरी काम गरेर खाने परिवारहरुलाई राहत बितरण गर्न निर्देशन दिएको भएपनि वडा नं. २ मा त्यसको बिपरित ढङ्गले राहत बितरण गरेको आरोप लगाएका छन् ।
अन्य गाँउपालिकामा सरकारले दिएको निर्देशन अनुसार नै राहत बितरण गरिएको भएपनि सुर्मामा भने राहतको नाममा स्थानिय जनतालाई ठग्ने काम भएको आरोप लगाएका छन् । तर यस बिषयमा कुराकानी गर्दा सुर्मा गाँउपालिका अध्यक्ष नरवहादुर वोहराले मानिस गल्तीको घर हो छुटेकाहरुलाई पछि बितरण गर्ने र गरीव घर पहिचान गरी रातहत बितरण गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
२३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान
कुन स्थानीय तहले कति पाउँदैछन् राहत रकम ?
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
बाढीमा परी मृत्यु भएकाको परिवारलाई राहत रकम प्रदान
सिस्नेरी पहिरोमा मृत्यु भएका तीन विद्यार्थीका परिवारलाई राहत