चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा फेला

विहीबार, ०४ बैशाख २०७७, १० : ०८
चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा फेला

file Photo

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बुधबार एउटा गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो ।

उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । 

उनले भने, “बुढो अवस्थाको गैँडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ ।” गैँडा मृत भेटिएको क्षेत्र गैँडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैँडा सुखीभार क्षेत्रमै छन् । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा  कालगतिले २४ गैँडाको मृत्यु भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस