युवा उद्यमीद्वारा नारायणगढको पुलचोकमा सेनिटाईजर टनेल निर्माण, १० सेकेण्ड नाचेपछि ६ घण्टा सुरक्षित

बुधबार, ०३ बैशाख २०७७, १५ : ०५
युवा उद्यमीद्वारा नारायणगढको पुलचोकमा सेनिटाईजर टनेल निर्माण, १० सेकेण्ड नाचेपछि ६ घण्टा सुरक्षित

– प्रकाश सिग्देल
चितवन । नेपाली युवा उद्यमी मञ्च चितवनले सेनिटाईजर टनेल निर्माण गरेको छ । करिव १ लाख ५० हजारभन्दा बढी रुपैयाँको लागतमा युवाहरुले निर्माण गरेको अत्याधुनिक अटोमेटिक सेनिटाईजर टनेल नारायणगढस्थित नारायणी नदी पुल छेउमै राखिएको छ ।

एक पटकमा ४ जनाले सेवा लिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी टनेल निर्माण गरीएको युवा उद्योगी मञ्च चितवनका उपाध्यक्ष एवं सेनिटाईजर टनेल निर्माण समितिका संयोजक तथा वौष्णव मिष्ठान्न भण्डारका सञ्चालक कृष्ण सापकोटाले बताउनु भयो । टनेलभित्र छिरेर १० सेकेण्ड जति घुमेपछी पुरै शरीर भरी त्यसले सेनिटाईजर गर्ने र त्यसले ६ घण्टासम्म काम गर्ने उहाँ बताउनु हुन्छ ।

गुणस्तरीय केमिकलको प्रयोग गरेर स्प्रे गरिने भएकाले टनेलले धेरै लाभ पुग्ने उहाँ बताउनु हुन्छ । टनेलको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गर्नु भएको हो । यो संक्रमणबाट जिल्लालाई सुरक्षित राख्न युवा उद्यमी, व्यवसायीदेखि पत्रकारहरुले निकै ठूलो भुमिका निर्वाह गरेको प्रमुख जिल्ला अधिकारी भट्टटराईले बताउनु भयो । 

नवलपुर हुँदै चितवन भित्रीने बटुवा तथा सवारी साधनमा यात्रा गर्नेहरुलाई सवारीबाट झारेर टनेलमा छिराएर सेनिटाईजर गरी उनिहरुलाई चितवन भित्र्याइने र त्यसले गर्दा चितवनमा संक्रमण फैलने दर कम हुने चितवनका प्रमुख जिल्ला भट्राईले विश्वास व्यक्त गर्नु भयो ।

चितवनमा आफूहरुले यो बिपदका बेला केहिन केही जनहितकारी काम गर्नु पर्छ भन्ने सोच लकडाउन सुरु हुँदा देखिनै बनाएको र केही ढिला भएपनि आफूहरुले नयाँ योजनाका साथ बटुवाहरुलाई खाजाको व्यवस्था गरेको र अहिले संक्रमण थप बढ्ने अवस्था देखिँदै गएपछि चितवन प्रवेश गर्नेलाई सेनिटाईजर गरी छिराउन यो मेसिन बनाएर पुलचोकमा जडान गरिएको नेपालि युवा उद्यमी मञ्च चितवनका अध्यक्ष दाताराम घिमिरेले बताउनु भयो । 

कार्यक्रममा चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ्ग, भरतपुर व्यारेक कालीबहादुर गणका गणपती कर्नेल विज्ञान खनाल, ट्राफिक प्रहरी प्रमुख दया कृष्ण भट्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल लगायतको सहभागिता रहेको थियो ।

चितवन प्रहरीले चितवन प्रवेश गर्ने सवारी साधनमा कडा निगरानी गरेको छ । पुलचोकमा चेकिङ्लाई थप कडा बनाइएको र हिँडेर अन्य जिल्ला हुदै चितवन प्रवेश गर्नेहरुमाथि निगरानी बढाइएको चितवनका प्रहरी प्रमुख नान्ति राज गुरुङ्गले बताउनु भयो । उहाँले अनावश्यक काममा बाहिर हिँडे जुनसुकै बेला पनि कारवाहीमा पर्न सक्ने बताउँदै घरमै सुरक्षित रहेर बस्न आग्रह गर्नु भयो ।
 

प्रतिक्रिया दिनुहोस