हुम्लामा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

मंगलबार, ०२ बैशाख २०७७, १६ : ३१
हुम्लामा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

हुम्ला । हुम्लाको सिमीकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ ।

सिमीकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी विरमता शाहीले बेला जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएको हो । 

प्रसूती गृहकी सिनियर अनमी सरिता बोहराका अनुसार पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ । जुम्ल्याहा बच्चाको आमा विरमति र बुबा हस्तबहादुर शाहीले नै सहमति दिएपछि अस्पातलको पूर्जामै सो नाम राखिएको उनले बताइन् । 

आमा र बच्चाहरुको स्वास्थ्य सामान्य छ । कोरोनाको तौल २ हजार ५ सय ग्राम र भाइरसको तौल १ हजार ७ सय ग्राम रहेको छ ।

प्रतिक्रिया दिनुहोस