CG Landmark

मजदुरहरु भोकै बस्नु नपर्ने व्यवस्था मिलाएका छौं : महानगर प्रमुख रेनु दाहाल

मंगलबार, ०२ बैशाख २०७७, १४ : २७
मजदुरहरु भोकै बस्नु नपर्ने व्यवस्था मिलाएका छौं : महानगर प्रमुख रेनु दाहाल

- नारायण अधिकारी 
चितवन । भरतपुर महानगरपालिकाले यहाँ रहेका मजदुर बर्गलाई संकटको समयमा भागेर आफ्नो घर तर्फ जानुनपर्ने जनाएको छ । सरकारले कोरोना संक्रमण रोक्न लकडाउन आब्हान गरेको छ । यस समयमा एक ठाउँबाट अर्को ठाउँ जान पाईदैन । खानका लागि राहतको व्यवस्था गरिने जनाउँदै जहाँ रहेको हो सोही ठाउँमा बसेर लकडाउनको पालना गर्न महानगरले आग्रह गरेको छ । 

भरतपुर महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत बितरण गरिसकेको भन्दै राहतको अबश्यकता भएका ज्याला मजदुरी गरेर बस्नेले राहत पाएको बताउनुभयो । उहाँले भन्नुभयो “महानगरमा अहिले रहेकाहरु खानाको अभावले बाहिर भौतारिनु पर्दैन ।” 

Yeti Diistillery Tansen Cement box

उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठानहरु जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठीत ठाउँहरुमा काम गर्ने मजदुरहरु समस्यामा परेका हुन । उनीहरुलाई महानगरले राहत दिएको छ । 

संकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले अत्याबश्यक भएका परिवारले मात्र राहत लिईदिन आग्रह गर्नु भएको छ । आँफु बसेको टोल मार्फत वडा कार्यालयबाट राहत बितरण गरिएको छ । काठमाण्डै सहित बिभिन्न शहरहरुबाट भरतपुर महानगर हुँदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो । 

नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान पाएकाहरुलाई स्थानीय तह संग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् । यो बाटो हुँदै यात्रा गर्नेहरुलाई समेत खानाको प्रबन्ध महानगर क्षेत्रमा भएको भन्दै यहीं रहेकाहरुले खानाकै करण बसिरहेको स्थान छोडेर बाहिरी जिल्लामा घर भएकाहरु जनुनपर्ने दाहालको भनाई छ । 

भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुईन्टल चामल, १ सय १९ कुईन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भूजा बितरण गरेको जनाएको छ । 

महानगर प्रमुख दाहालले नयाँ बर्षका अबसरमा शुभकामना व्यक्त गर्दै कोरोनाको संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने जनाउनु भएको छ । उहाँले भन्नुभएको छ “बर्ष २०७६ मा थुप्रै उपलव्धी प्राप्त भए तर हाल कोरोना संक्रमणले बिश्वलाई आक्रान्त पारिरहेको छ । नयाँ वर्षको आरम्भका दिनमानै बिश्वबाट कोरोनाको आतङ्क समाप्त होस भन्ने बिश्वास व्यक्त गर्दछु ।” (रासस)