कोरोना राहत कोषमा राखेपको ३२ लाख

सोमबार, ०१ बैशाख २०७७, १४ : ४०
कोरोना राहत कोषमा राखेपको ३२ लाख

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।

राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् ।

 नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस