टोट्टनहामद्वारा स्टार स्ट्राइकर ह्यारी केनलाई बेच्ने तयारी

सोमबार, ०१ बैशाख २०७७, १३ : ४७
टोट्टनहामद्वारा स्टार स्ट्राइकर ह्यारी केनलाई बेच्ने तयारी

एजेन्सी । इङ्लिस क्लब टोट्टनहामले स्टार स्ट्राइकर ह्यारी केनलाई बेच्ने तयारी गरेको छ । टोट्टनहामले केनको मुल्य समेत दुई सय मिलियन पाउन्ड तोकेको छ । केनलाई प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

कोरोनाका कारण क्लबलाई आर्थिक संकट आउन सक्ने भन्दै टोट्टनहामले केनलाई बेच्न लागेको हो । टोट्टनहामका प्रमुख डेनियल लेभीले केन बेच्ने विषयमा सहमति भएको खुलासा गरेका छन् । डेनियलले आगामी सिजन केनलाई युनाइटेड पठाउने विषयमा छलफल भईरहेको पनि बताए । यता युनाइटेडले केनलाई महंगो रकम तिर्न पउल पोग्वालाई बेच्ने तयारी गरेको छ ।

टोट्टनहामलाई अहिले नयाँ स्टेडियम बनाउँदा र कोरोनाका कारण फुटबल समेत ठप्प हुँदा ठूलो आर्थिक संकट परेको छ । प्रिमियर लिग फुटबल तत्काल सुरु नभए टोट्टनहामलाई स्टेडियम निर्माणको किस्ता रकम ६ सय ३७ मिलियन पाउन्ट तिर्न कठिन हुने बताईएको छ । त्यसैले पनि टोट्टनहाम अहिले स्टार खेलाडी बेच्ने तयारीमा देखिएको हो । २६ बर्षीय केन सन् २००९ देखि टोट्टनहाममा छन् । उनले बीचका अन्य क्लबमा लोनका पनि खेले । केनले पनि पछिल्लो समय टोट्टनहाम छाड्न चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस