कोरोना भाइरससंग जितेका बेलायती प्रधानमन्त्री जोनसनले भने : ‘जिवन बचाईदिएकोमा स्वास्थ्यकर्मीलाई धन्यवाद’

सोमबार, ०१ बैशाख २०७७, १० : ००
कोरोना भाइरससंग जितेका बेलायती प्रधानमन्त्री जोनसनले भने : ‘जिवन बचाईदिएकोमा स्वास्थ्यकर्मीलाई धन्यवाद’

एजेन्सी । ब्रिटिश प्रधामन्त्री बोरिस जोनसन कोभिड(१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज पछि उनले संचारकर्मीसंग कुरा गर्दै मलाई जे पनि हुन सक्थ्यो, भन्दै आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिए ।

कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। गत बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताए।त्यसबाहेक अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै उनले सबैलाई धन्यवाद दिए।

राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको भन्दै प्रधानमन्त्री जोनसनले त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय बनाइको उल्लेृख उनले अब केही समय आफ्नो निवासमा आराम गर्ने जनाएको छ।

उनका निजि चिकित्सकहरुले तत्काल तत्काल काममा नफर्कन सुझाव दिएका छन् । अस्पतालबाट फर्के लगत्तै उनले यो रोगबाट प्रभावित सबैप्रति उहाँको सहानुभूति व्यक्त गरेका छन् । शनिवार सम्म कोरोनाभाइरसका कारण यूकेमा थप ७ सय ३७ जनाको ज्यान गएको छ। योसँगै त्यहाँ कोभिड १९ रोगबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या १० हजार ६ सय १२ पुगेको छ।

स्वास्थ्यमन्त्री म्याट हान्ककले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेको खबरबाट आनन्द महसुस भएको बताएका छन्। स्वास्थ्यमन्त्रीले भनेका छन्, सेन्ट टमसेज अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रधानमन्त्रीको हेरचाह, त्यसरी नै गरेका छन् जसरी देशका अरू मान्छेहरूलाई गर्थे।

सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले व्यक्तिगत साहस देखेको बताएका छन्। प्रधानमन्त्री जोनसनका अनुसार जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए।

प्रतिक्रिया दिनुहोस