न्युयोर्क । कोरोना भाइरसको महमारी फैलिएसंगै अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गरेको भन्दै ६ जनालाई गोली हानिएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार उनीहरु पार्टी गरिरहेका थिए। बेकर्सफिल्डस्थित एक अपार्टमेन्ट आसपासमा शनिबार मध्यरातपछि गोली चलेको आवाज सुनिएको थियो। वृहत पार्टी सुरु नहुँदै प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।
घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याइएको र उनीहरु खतरामुक्त रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। क्यालिफोर्नियाले कोरोना भाइरसको महामारी फैलन नदिन त्यहाँका चार करोड जनतालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोभिड १९ को संक्रमण तिब्र बनेसंगै अमेरिकामा निकै कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार