न्युयोर्क । कोरोना भाइरसको महमारी फैलिएसंगै अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गरेको भन्दै ६ जनालाई गोली हानिएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार उनीहरु पार्टी गरिरहेका थिए। बेकर्सफिल्डस्थित एक अपार्टमेन्ट आसपासमा शनिबार मध्यरातपछि गोली चलेको आवाज सुनिएको थियो। वृहत पार्टी सुरु नहुँदै प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।
घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याइएको र उनीहरु खतरामुक्त रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। क्यालिफोर्नियाले कोरोना भाइरसको महामारी फैलन नदिन त्यहाँका चार करोड जनतालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोभिड १९ को संक्रमण तिब्र बनेसंगै अमेरिकामा निकै कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा