अब कनेक्ट आईपिएसमार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

शनिबार, २९ चैत्र २०७६, १३ : ०८
अब कनेक्ट आईपिएसमार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपिएस मार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आईपिएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफ इन्स्योरेन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपिएस मार्फत अनलाईन भुक्तानी गर्न सकिने छ । जुनसुकै समयमा जहाँसुकैबाट अनलाईन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।