‘कोरोना भाइरस प्राकृतिक नभई अमेरिकाद्वारा उत्पादित जैविक हतियार’

शनिबार, २९ चैत्र २०७६, ०९ : ०२
‘कोरोना भाइरस प्राकृतिक नभई अमेरिकाद्वारा उत्पादित जैविक हतियार’

काठमाण्डौ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको सन्त्रास अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएर हजारौं व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै लाखौं मानिस संक्रमित भएका छन् । यो रोगसंग लड्न अहिले विश्वका ठुला शक्ति राष्ट्रहरु पनि निरिह जस्तै बनेका छन् । कोरोना भाइरसलाई परास्त गर्न विभिन्न देशहरुले आ–आफना तरिकाले लकडाउन, बन्द, कप्mर्यू लगायतका सतर्कता अपनाईरहेका छन ।

तर वैज्ञानिकहरुको भनाईलाई आधार मान्ने हो भने यो रोगको खोप बनाउन ६ महिना, १ वर्ष सम्म लाग्न सक्ने बताइरहेका छन् । तसर्थ अझैं यो भाइरसबाट बच्न अचुक औषधी सतर्कता नअपनाए यसको शिकार कति मान्छे हुने यसै भन्न सकिने अवस्था नरहेको धेरैको भनाई छ । यस्तोमा यो भाइरसलाई लिएर  विभिन्न देशले आ–आफ्नै तरिकाले विश्लेषण गरिरहेका छन् ।  

कहाँ उत्पती भयो, कसरी फैलियो, किन फैलाइयो भन्ने तर्क आइरहदा रुसी वैज्ञानिकले कोरोना भाइरस अमेरिकाद्वारा उत्पादित जैविक हतियार भएको दाबी गरेका छन् । अमेरिकाले यसका अरु रुपान्तरित संस्करण पनि उत्पादन गरेको रुसी वैज्ञानिकको दावी छ । ‘कोरोना राजनीतिले विश्वमा अकल्पनीय उथलपुथल ल्याउने कुरा निश्चित छ, गोराहरुको श्रेष्ठता र अमेरिका प्रमुखको कुन्ठाले पश्चिमाहरुलाई पाताल भास्दैछ ।’

राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैविक तथा र रासयनिक हतियार सम्बन्धी सल्लाहकार रहिसकेका रुसी बैज्ञानिक इग्नोर निकुलिनले कोरोना प्राकृतिक भाईरस नभएर अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको दाबी गरेका हुन् ।

वैज्ञानिक निकुलिनका अनुसार यो भाईरस अमेरिकामा उत्पादन गरेर चीनमा छोडिएको हो । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले फरबरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविष्यवाणी गर्नु, भाईरसले फरक–फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकी लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमण हुनु जस्ता कुराहरुले यो भाईरस प्राकृतिक नभएको पुष्टि हुने उनको दाबी छ ।

निकुलिनको दाबी छ कि यो चीनलाई लक्षित गरेर बनाइएको र यसको असर अमेरिकामासम्म आइपुग्ने सोंच नबनाएको कारणले अमेरिका आफैले उत्पादन गरेको हतियारको शिकार भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमा भाईरसले पुर्याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाईरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क रहेको पुष्टि हुने उनको भनाइ छ । यो कुराको पुष्टि अमेरिकी राष्ट्रपति ट्रम्पले व्यङगर गर्दै यो भाइरसलाई चिनियाँ भाइरस भनेका थिए । 

चीन एकदमैं अनुशासित र दृढ संकल्पित देश नभएको भए यो आक्रमणबाट स्वाहा हुनेथियो भन्ने निकुलिनको दाबी छ । सिआईएले सन् २०१५ मा तयार पारेको रिपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र त्यो चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणाी गरिएको छ । रिपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्बिर प्रस्तुत गरिएको छ ।

कोरोना भाइरसकै कारण अहिले शक्ति राष्ट्रहरु बिचको शक्ति सन्तुलनमा पनि उथलपुलथ भएको छ । चीनबाट शुरु भएको यो भाइरसको संक्रमण अहिले त्यहाँ न्यून छ, संक्रमण घटेपछि चीन पुरानै लयमा फर्किएर आर्थिक फड्को मार्न तर्फ लम्किरहेको छ भने अन्य देशहरु अहिले यो भाइरससंग कसरी लडने र परास्त गर्नेमा केन्द्रित भईरहेका छन् ।