कोरोना भाइरसबारे बनेको फिल्म रिलिजको तयारीमा

शुक्रबार, २८ चैत्र २०७६, १३ : ००
कोरोना भाइरसबारे बनेको फिल्म रिलिजको तयारीमा


एजेन्सी । कोरोना भाइरसबारे बनेको पहिलो फिल्मलाई रिलिजको तयारी थालिएको छ ।

‘कोरोनाः फियर इज अ भाइरस’ नामको यो फिल्म यो महिनाको अन्तसम्म स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछ ।

यो फिल्म एउटा लिफ्टमा फसेका सात व्यक्तिलाई केन्द्रमा राखेर बनाइएको छ । लिफ्टमा फसेका सात व्यक्तिमध्ये एकजनालाई खोकी लाग्छ र त्यसपछि सुरु हुन्छ, संघर्ष ।

निर्देशक मोस्तफा केशवानीले यो फिल्म गत डिसेम्बरमा चीनमा पहिलो पटक यो भाइरसबारे थाहा हुने बित्तिकै बनाउन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस