‘अवैतानिक दूतले अब निलो प्लेट र राष्ट्रिय झण्डा राख्न नपाउने’

विहीबार, २७ चैत्र २०७६, १० : १९
‘अवैतानिक दूतले अब निलो प्लेट र राष्ट्रिय झण्डा राख्न नपाउने’

काठमाडौं । विभिन्न मुलुकका अवैतानिक दुतहरुले अब आफ्नो गाडीमा निलो प्लेट र राष्ट्रिय झण्डा राख्न नपाउने भएका छन् । यस अगाडी अवैतानिक दुतहरुले यस्तो सुविधा पाउदै आएका थिए ।

शंकर गुप्रका निर्देशक शुलभ अग्रवाल किर्गिस्तानका अवैतानिक दुत थिए । उनले  कुटनीतिक नियोग तथा दुतावासले प्रयोग गर्ने २०९ एचसीसी १ नम्बरको निलो प्लेटको गाडी प्रयोग गरेर थर्मल गनको कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ परेपछि सरकारले अवैतानिक दुतका त्यस्तो सुविधा कटौती गर्ने निर्णय लिएको हो ।

परराष्ट मन्त्रालयले बुधबार एक वक्तब्य जारी गदै अवैतानिक दुतहरुलाई निलो प्लेट र राष्टिय झण्डा अब देखि राख्न नदिने जनाएको हो । परराष्ट्रले हिजोकै मितिबाट त्यस्तो सुविधा अवैतानिक दुतहरुका सवालमा निलम्बन गरेको जनाएको छ । सुलभले निलो प्लेटकै कुटनीतिक नियोग र दुतावासले प्रयोग गर्ने गाडी प्रयोग गरेर ६७ थान थर्मल गन प्रति थान १५ हजारका दरले बिक्रि गर्न खोज्दा मंगलबार पक्राउ परेका थिए ।

पक्राउ पछि उनले कसरी कुटनीतिक नियोगको गाडी प्रयोग गरेर कालोबजारीमा संलग्न रहे भन्ने विषयमा निक्कै टिकाटिप्पणी भयो । यस्ता प्लेटका गाडीको दुरुपयोग भएको भनेर चौतर्फी विरोध पछि बुधबार नै परराष्ट्रले  काठमाडौ स्थित सबै मुलुकका अवैतानिक दूतले पाउदै आएको केही निश्चित सुबिधा जस्तै गाडीमा निलो प्लेट र राष्ट्रिय झन्डा राख्न पाउने प्राबधानलाई पररराष्ट्र मन्त्रालयले निलम्बन गरिदिएको  हो । 

प्रतिक्रिया दिनुहोस