काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन् ।
आज बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् ।
देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन् ।
त्यस्तै देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरस संक्रमणको सम्भावित विरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका विरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा देखिएको विवादबारे देउवाले सरकारको ध्यानाकर्षण गराएका हुन् । देउवाले भने, ‘जेजति कुरा अगाडि बढेका छन्, सरकारले किन्न खोजेको छ । त्यसमा पारदर्शीता हुन आवश्यक छ ।’
स्वास्थ्य सामाग्री खरिदका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता विवादित भएको थियो । विवाद भएपछि सरकारले ओम्नी समूहसँग सम्झौता रद्द गरी खरिदको जिम्मा सेनालाई दिएको छ ।
त्यस्तै देउवाले अब कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन हुनुपर्ने बताएका छन् ।
सरकारले वैशाख ३ गतेसम्म लकडाउन गरेको छ भने वैशाख १८ गतेसम्म उडान बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा