अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, 'डब्लुएचओले चीनको पक्ष लियो'

बुधबार, २६ चैत्र २०७६, ०९ : २९
अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, 'डब्लुएचओले चीनको पक्ष लियो'

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण नियन्त्रणमा उल्लेखनिय प्रयास नगरेको भन्दै आलोचना गरेका छन् । ट्रम्पले आलोचनासंगै अमेरिकाले दिदैं आएको सहयोग पनि रोक्ने चेतावनी समेत दिएका छन् ।

उनले डब्लुएचओले चीनको पक्ष लिएको पनि गम्भीर खुलेआम बयान दिएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा उनले विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएर चेतावनी दिँदै भने, ‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’

कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको अभियोग ट्रम्पले डब्लुएचओमाथि लगाएका छन्। ट्रम्पले भने, ‘उनीहरुले यसलाई खराब तरिकाले ह्याण्डल गरे । दे कल इट रङ्ग । दे रिअल्ली मिस्ड द कल ।’ ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले आफूलाई गलत सूचना दिने गरिएको आरोप लगाएका छनु् । 

अमेरिकामा अहिले विश्वभरिमै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । तर ट्रम्पले भने विश्वमा धेरै संक्रमित भएको देश अरु नै कुनै रहेको बताएका छन् । ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको अभियोग लाग्दै आएको छ । त्यसको कारक डब्लुएचओ रहेको आफ्नो ब्रिफिङमा उल्लेख गरेका छन् । 

अमेरिकाका स्वास्थ्य मन्त्रीले देशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्नु पूर्व नै डब्लुएचओले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल पनि भनेका थिए ।  राष्ट्रपति ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका छन् । गएको जनवरी ३१ मा चीनका केही स्थानबाट हुने यात्रामा ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । डब्लुएचओले त्यसको समर्थन गरेको थिएन । सोही कारण संक्रमण अहिलेको अवस्था आएको ट्रम्पको भनाई थियो ।