काठमाडौं । बैंकिङ क्षेत्रमा ब्याजदर कम्तिमा एक प्रतिशतले घटाउन बैंकरहरू सहमत भएका छन् । आगामी जेठ एक गतेदेखि लागू हुने गरी बैंकहरूले ब्याजदर घटाउने सहमति गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंकदर एक प्रतिशतले घटाएपछि बैंकहरूले पनि आधार ब्याजदरमा एक प्रतिशतले घटाउने सहमति गरेका हुन् । आधार ब्याजदर घटाएर ब्याजदर घटेको सूचना भने बुधारबारदेखि नै प्रकाशन गर्ने भएका छन् ।
राष्ट्र बैंकले बैक रेट एक प्रतिशत घटाउँदैमा कर्जाको ब्याजदर घट्ने अवस्था नहुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कर्जाको ब्याजदर घट्नका लागि आधार ब्याजदर घट्नुपर्ने बताउँदै दाहालले भने, “बैंकहरूले वैशाखमा बेस रेट घटाउने र जेठ एक गतेदेखि कर्जाको ब्याजदर घटाउन थाल्ने भनेर संघले निर्णय गरेको छ ।”
संघले सबै बैंकहरूलाई वैशाखमा बेस रेट घटाउन सुझाव दिएको उनले बताए । संघले एक प्रतिशतका दर घटाउने भने पनि बैंकले एक प्रतिशतवाट माथि संस्थाको क्षमताअनुसार घटाउनसक्ने अवस्था रहेको उनले बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ चैत्र २०७६, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन