लकडाउन प्रभाव

बिपन्न तथा मजदुरलाई राहत संकलनमा गाँउपालिका उपाध्यक्ष र वडाध्यक्ष अग्रसर

मंगलबार, २५ चैत्र २०७६, २१ : ३०
बिपन्न तथा मजदुरलाई राहत संकलनमा गाँउपालिका उपाध्यक्ष र वडाध्यक्ष अग्रसर

देवघाट (तनहुँ) । देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको  बद्रीनाथ टोल बिकास र गणेश टोल बिकास सस्थाका १ सय जनालाई राहत सामग्री वितरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्यालादारी मजदुर गरि  दैनिकी गुजारा गरि रहेका बद्रीनाथ टोल बिकास र गणेश टोल बिकास संस्थाका १ सय जनालाई देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापामगर र वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले संयुक्त रुपमा चामल,दाल,तेल,नुन र साबुन वितरण गर्नु भएको थियो ।

देवघाट वडा नम्बर ५ भित्र २१ वटा  टोल बिकास संस्था रहेको छ भने बाँकी १९ वटा टोल बिकास सस्थाहरुमा पनि क्रमिक रूपमा सोहि स्थानमा  पुगि राहत सामग्री वितरण गर्ने  देवघाट गाउँपालिकाका नागरिक सहायता कक्षका होम बहादुर भारतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस