युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ। युएईमा नेपालीको कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो ।
युएईमा हालसम्म ११ जना संक्रमित भएको दूतावासको रेकर्डमा छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ । ४० वर्षीया पराजुलीको उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत्यु भएको बताइएके छ ।
दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई दिएको छ । उनी ९ वर्षदेखि दुबईमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
युएई जाने श्रमिक बढी खर्च र प्रक्रियागत झन्झटमा, यस्तो छ कारण
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
युएईले दियो क्रिकेट खेलाडीलाई भिसा