कोरोनाका कारण युएईमा एक नेपालीको मृत्यु,

मंगलबार, २५ चैत्र २०७६, ०७ : २३
कोरोनाका कारण युएईमा एक नेपालीको मृत्यु,

 युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ। युएईमा नेपालीको कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो ।

युएईमा हालसम्म ११ जना संक्रमित भएको दूतावासको रेकर्डमा छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ । ४० वर्षीया पराजुलीको उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत्यु भएको बताइएके छ ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई दिएको छ । उनी ९ वर्षदेखि दुबईमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस