काठमाडौं । पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाली काँग्रेसले रु ४० लाख ७५ हजार सहयोग गरेको छ ।
नेपाली काँग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरी सहयोग गर्नुभएको हो । नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताउनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशङ्कर यादव लगायतको उपस्थिति थियो । मुख्यमन्त्री राउतले चेक बुझ्दै नेपाली काँग्रेसले कोषमा गरेको सहयोगको प्रशंसा गर्नुहुँदै सबैबाट अहिलेको जटिल परिस्थितिमा यस्तै साथ र सहयोगको आशा गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ चैत्र २०७६, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी