नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १६ : ३९
नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री युवराज खतिवडाको संयोजनमा गठित गभर्नर छनौट सिफारिस समितिले बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वसचिव राजन खनाललाई सिफारिस गरेको थियो ।

उनीहरुमध्ये महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरिएको हो । 

तत्कालीन गभर्नर डा. चिरञ्जीजी नेपालको कार्यकाल चैत ४ मा सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो।

प्रतिक्रिया दिनुहोस