लकडाउन उल्लघंन गर्ने ४ सय ५२ महिला सहित १ हजार ८ सय ७ जना प्रहरी नियन्त्रणमा

आइतबार, २३ चैत्र २०७६, २२ : ३७
लकडाउन उल्लघंन गर्ने ४ सय ५२ महिला सहित  १ हजार ८ सय ७  जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ५२ महिला सहित  १८ सय ७  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी  २ सय ४ वटा दुई पाङ्ग्रे र ९ वटा चारपाङग्रे गरी २ सय ४९ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।   काठमाण्डौबाट १३ सय ८६ जना, ललितपुरबाट २ सय २४ जना र भक्तपुरबाट १सय ७८ जनालाई नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस