एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको लडाईँमा अबको दुई हप्ता अति कठिन हुने बताएका छन्।
कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइटहाउसमा पत्रकार समक्ष यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘आउँदा दिनमा धेरैको मृत्यु हुन सक्छ ।’ ट्रम्पले ब्रिफिङ्गको क्रममा अबको दुई हप्ता कोरोना भाइरसका कारण उत्पन्न संकटको विकराल रुप आउन सक्ने र त्यसबाट धेरैको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । तर संक्रमण रोक्ने र फैलिन नदिने उपायहरु अपनाइएमा संकटको स्तरलाई कम गर्न सकिने उनले बताएका छन्।
उनले भनेका छन्, ‘शायद यो हप्ता र आउँदो हप्ताबिचको समय कोरोना भाइरस महमारीको सबैभन्दा कठीन समय हुने छ । दुर्भाग्य, यो अवधिमा धेरैको मृत्यु हुन सक्छ । सावधानी अपनाइएमा मृत्युको संख्या केही कम हुन सक्छ, तर मृत्यु निश्चित छ ।’
ह्वाइस आउस कोरोना भाइरस रेस्पोन्स कोअडिनेटर डा। डेबरो बक्सले चेतावनी दिँदै भने, ‘यो समय ग्रोसरी स्टोर, फार्मेसी वा अरु कामका लागि बाहिर निस्कने बेला होइन । आफू, परिवार र साथीहरुलाई सुरक्षित राख्ने समय हो । यसको अर्थ सबैले कम्तिमा ६ फिटको दूरी कामय गर्ने र हात राम्रोसँग धुनु हो ।’
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । शनिबार एकै दिन १२ सय २४ भन्दा बढीको ज्यान गयो । यस्तै अमेरिकामा संक्रमितको संख्या तीन लाख १० हजार भन्दा बढी पुगेको छ ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको राज्य न्यूयोर्क हो । त्यहाँ अहिलेसम्म ३५ सय भन्दा बढीको ज्यान गएको छ र संक्रमितको संख्या एक लाख १३ हजार सात सय भन्दा बढी रहेको छ । विश्वभर कोरोना भाइरसका कारण हालसम्म ६४ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ । संक्रमतिको संख्या १२ लाख भन्दा बढी पुगेको छ । अहिलेसम्म २ लाख ४६ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ममदानीले मलाई भेट्न पहल गर्नुपर्छ, वाशिंटनप्रति सम्मान देखाउनु पर्छ : डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक