खाडी मुलुकमा रहेका २२ नेपाली कोरोनाबाट संक्रमित, भारतमा पनि ३ जना

आइतबार, २३ चैत्र २०७६, ०८ : ०३
खाडी मुलुकमा रहेका २२ नेपाली कोरोनाबाट संक्रमित, भारतमा पनि ३ जना

काठमाडौं । बहराइनमा एकैपटक ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनसहित युएई र कुबेत मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ पुगेको कान्तिपुर दैनिकमा खबर छ ।

नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार र साउदी अरबले भने कोरोना भाइरसको पोजेटिभ देखिएका बिरामीको राष्ट्रियता सार्वजनिक गरेका छैनन् । 

जसअनुसार युएईमा ८ जनासंक्रमित भएका छन् भने थप २ जना संक्रमित भएर पनि घर फर्किसकेका छन् । यस्तै कुवेतमा २ जना  संक्रमित भएका छन् । भारतमा पनि तीन जना संक्रमित भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस