Safal Khabar - एक घर एक रक्तदाता अभियान : घरदैलो मै रगत सङकलन जारी
शुक्रबार, २३ जेठ २०७७ (Friday, 5 June, 2020)
विस्तृतमा हेर्नुहोस् »
एक घर एक रक्तदाता अभियान : घरदैलो मै रगत सङकलन जारी
शनिबार, २२ चैत २०७६, ११ : २३
एक घर एक रक्तदाता अभियान : घरदैलो मै रगत सङकलन जारी

काठमाडौँ । कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन  लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र  महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन् । 

यस अन्तर्गत काठमाडौ महानगरपालिका (कामपा) वडा नं १५  चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार  कामपा सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गर्नुभयो । 

“विशेष अवस्थामा  रगतको अभाव हुन नदिन   सामाजिक सञ्जालमार्फत् रक्तदातालाई आह्वान गरी रक्तदानको कार्यक्रम आयोजना गरेका हौँ । ” स्थानीयवासी रामेश्वरमान कर्माचार्यले भन्नुभयो । लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी  सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ ।  (रासस) 

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस