बहराइनमा ९ नेपालीलाई कोरोना संक्रमण

शनिबार, २२ चैत्र २०७६, १० : २५
बहराइनमा ९ नेपालीलाई कोरोना संक्रमण

एजेन्सी । बहराइनमा वैदेशिक रोजगारीमा रहेका ९ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ। योसँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। यसअघि त्यहाँ ३ नेपालीलाई कोरोना संक्रमण भइसकेको छ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको हो। त्यस क्रममा ९ नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन।  शुक्रबारसम्म १२ नेपालीसहित २ सय ८६ संक्रमितको उपचार भइरहेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुतावासले सुरक्षाका उपाय अपनाउन समेत नेपालीहरुलाई आग्रह गरेको छ । केही समय यता कोरोनाको संक्रमण बहराईनमा पनि बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस