बैंकले दिन थाले ब्याज छुट

शनिबार, २२ चैत्र २०७६, ०७ : ३२
बैंकले दिन थाले ब्याज छुट

काठमाडौं । चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिन थालेका छन् । राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेका हुन् । 

कोभिड १९ को असरबाट प्रभावित भएको भन्दै चैतमा भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरे पनि हुने व्यवस्था गर्ने निर्णय सरकारले गरेको थियो । सोही आधारमा चैतसम्म साँवाब्याज भुक्तानी गर्ने ग्राहकलाई ब्याज रकमको १० प्रतिशत छुट दिन राष्ट्र बैंकले गतसाता निर्देशन दिएको थियो । चैतभित्र साँवाब्याज भुक्तानी गर्ने ग्राहकलार्इै छुट दिन थालिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए

प्रतिक्रिया दिनुहोस