प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

बुधबार, १९ चैत्र २०७६, १९ : २६
प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा  गिरावट आएसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

 निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।

प्रतिक्रिया दिनुहोस